2
तब योनाले छुटकराको निम्ति प्रार्थना गरे 
 1 योनाले माछाको पेटभित्रबाट परमप्रभु आफ्ना परमेश्वरलाई प्रार्थना गरे।उनले भने, 
 2 “मेरो कष्टको कारणले 
मैले परमप्रभुलाई प्रार्थना गरें 
अनि उहाँले मलाई 
उत्तर दिनुभयो। 
मृत्युको संसारदेखि म कराएँ, 
र तपाईंले मेरो बिन्ति सुन्नुभयो। 
 3 “तपाईंले मलाई गहिरो भित्र, 
समुद्रको मुटुमै फालिदिनुभएको थियो, 
र मेरो चारैतिर छालहरु थिए। 
तपाईंका भयंकर छालहरुले मलाई डुबायो। 
 4 तब मैले भनें, ‘म त तपाईंको दृष्टिबाट निकालिएको छु,’ 
तैपनि म फेरि तपाईंको पबित्र मन्दिरतिर हेर्नेछु। 
 5 “पानीले मलाई मेरो 
प्राण सम्मै घेर्यो, 
गहिरो सगर मेरो चारैतिर थियो, 
मेरो टाउको भरि 
समुद्रका झ्याउहरु बेहेरिएका थिए। 
 6 म त समुद्रको फेद सम्मै पुगें। 
पृथ्वीले मलाई सदाका निम्ति थुनिदियो। 
तैपनि हे परमप्रभु! मेरा परमेश्वर, 
तपाईंले खाडलबाट उठाएर मलाई 
जीवन दिनुभयो। 
 7 “मेरो प्राणले सबै आशा गुमायो। 
तब मैले परमप्रभुको सम्झना गरें। 
परमप्रभु मैले तपाईंलाई प्रार्थना गरें 
अनि तपाईंले मेरो प्रार्थना तपाईंको पवित्र मन्दिरबाट सुन्नु भयो। 
 8 “ज-जसले ब्यार्थका मुर्तिहरुतिर मन लगाउँछन् 
तिनीहरुले गर्नु पर्ने साँचो भक्तिलाई त्याग्द छन्। 
 9 तर म धन्यवादको स्तुति सहित 
तपाईंमा बलिदान चढाउने छु, 
मैले जेकुराको भाकल गरेको छु 
सो पुरा गर्नेछु।” 
उद्धार परमप्रभुबाटै हुन्छ! 
 10 तब परमप्रभुले माछालाई आज्ञा गर्नुभयो, र त्यले योनालाई किनारामा उगेलिदियो।